नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले चुनावका नाममा संसदबाट एमसीसी पारित गर्ने दलालहरुलाई लखेट्ने चेतावनी दिएका छन् ।

वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालको पहिलो राष्टिय भेलालाई संवोधन गर्दै महासचिव विप्लवले चुनावको नाममा विदेशी दलालहरु गाउँ गाउँ पसेको भन्दैं उनीहरुलाई जनताले लखेट्नु पर्ने बताए ।

नेपालको सम्पूर्ण समस्या अहिलेको दलाल पुँजीवादी व्यवस्था रहेको बताउँदैं महासचिव विप्लवले त्यो व्यवस्थाका विरुद्ध जुध्नु सम्पूर्ण क्रान्तिकारी शक्तिहरुको आजको आवश्यकता रहेको कुरा औल्याए ।

नेपालको दलाल संसदवादका विरुद्ध सम्पूर्ण क्रान्तिकारी शक्तिहरु एक ठाउँमा आउनु पर्ने बताउँदैं महासचिव विप्लवले ६ कम्युनिस्ट पार्टीको शक्तिलाई झन् बलियो बनाएर आफुहरु जाने बताए ।

भेलामा नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेललगायत नेताहरुले संवोधन गरेका छन् ।

वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको प्रथम भेलाले नयाँ विचारसहित नयाँ नेतृत्व चयन गर्ने समेत बुझिएको छ ।

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार