नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले वैशाख ३० गतेपछि नयाँ कार्यनीति तय हुने बताएका छन् ।

स्थानीय निर्वाचनलाई आफ्नो पार्टीले जनतासँग जोडिएर जाने बाटोको रुपमा लिएको भन्दै महासचिव विप्लवले आफुहरु नयाँ शिराबाट क्रान्ति गर्न गइरहेको बताए ।

आफ्नो पार्टी निकट युवा संगठन, मगर मुक्ति मोर्चा नेपालको केन्द्रीय समिति र रुपन्देही जिल्ला पार्टीका उच्चस्तरका नेता कार्यकर्ताहरुलाई संबोधन गर्दै विप्लवले यस्तो बताएका हुन् ।

संसदवाद र संसद उपयोग को कार्यनीति फरक रहेको बताउँदै महासचिव विप्लवले आफुहरु संसदीय व्यवस्थाको विकृति र विसंगतिलाई भण्डाफोर गर्न नयाँ शिराबाट स्थानीय निर्वाचनमा जान थालेको हो ।

अर्को छुट्टै प्रसँगमा महासचिव विप्लवले लेनिन र रोजाजस्तै बाटो अपनाएर आफुहरुले नयाँ ढङ्गले एकीकृत जनक्रान्ति गर्न थालेको बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार