नेपाल-कोरिया समाजवाद अध्ययन-अनुसन्धान मंचको पुनगर्ठन कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख धमेन्द्र बास्तोला र नेपालका लागि जनवादी गणतन्त्र कोरियाली राजदुतवासका कन्सुलर किम योङ होकको विशेष उपस्थितिमा सम्पन्न भएको हो ।

कोरियाका महान् नेता किम इल सुङको ११० औं जन्मजयन्तीको अवसरमा समाजवाद अध्ययन अनुसन्धान मंचको पुनगर्ठन कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका नेता धर्मेन्द्र बास्तोलाले जनवादी गणतन्त्र कोरियाले गरेको समाजवादी अभ्यास र त्यसबाट नेपालका कम्युनिस्टहरुले सिक्ने शिक्षाबारे प्रकाश पार्ने काम गरेका थिए ।

कार्यक्रममा बोल्दैं नेपालका लागि जनवादी गणतन्त्र कोरियाली राजदुतवासका कन्सुलर किमले कोरियाली महान् नेता किम सुन इलले जुछे विचारधारमा टेकेर गरेको उपलव्धिको चर्चा गरेका थिए ।

नेपाल-कोरिया समाजवाद अध्ययन-अनुसन्धान मचंको भेलाले सुदर्शन मंगोलको अध्यक्षतामा १५ सदस्यी नयाँ कार्यसमिति चयन गरेको छ ।मंचको उपाध्यक्षमा डा भगवानचन्द्र ज्ञवाली, महासचिवमा नरेन्द्र विश्वकर्मा, सचिवमा राजेन्द्र रेग्मी र कोषाध्यक्षमा प्रल्लाद न्यौपाने रहेका छन् ।

त्यसैंगरी सदस्यहरुमा इन्द्र घर्तिमगर, विपीन पोखरेल, मोहन सारुमगर, जीवन हमाल, रुपा बुढा, रविन केसी, चिन्तामणि घिमिरे, महेश अधिकारी, तारा सन्ज्याल, ललितजंग बम र कविता पुनमगर रहेका छन् ।

नेपाल-कोरिया समाजवाद अध्ययन-अनुसन्धान मंचले जनवादी गणतन्त्र कोरियाको समाजवादबारे गहिरो अध्ययन र अनुसन्धानका लागि जनवादी गणतन्त्र कोरियासँग नजिक रहेर सहकार्य गर्ने कार्यक्रम लिएको छ ।

कार्यक्रममा मंचका अध्यक्ष सुदर्शन मंगोलले नेपाल कोरिया समाजवाद अध्ययन अनुसन्धान मंचको संक्षिप्त अवधारणा राखेका थिए ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार