मेलम्ची नगरपालिका– १० का वडा अध्यक्षका कांग्रेस उम्मेदवार अमृत खनालले मतदाताको पाउमा हजार नोट राखेर ढोग गर्दै भोट मागिरहेका छन् ।

चुनावी प्रचारका लागि घरदैलो गरिरहेका उनले प्रत्येक घरमा यसैगरी भोट मागिरहेका छन् । उनले कसैलाई एक हजार त कसैलाई त्योभन्दा बढी रकम पाउमा राखेर ढोग्दै भोट मागिरहेको स्थानीयले बताएका छन् ।

यसरी पाउमा पैसा राखेर भोट मागिरहेकोप्रति नेकपा एमालेले आपत्ति जनाएको छ ।मेलम्चीमा कांग्रेस र राप्रपाबीच चुनावी तालमेल भएको छ ।

यसबारे निर्वाचन आयोगले के गर्छ भन्नेबारे अब केही दिन कुर्नुपर्ला ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार