नेकपा माओवादी केन्द्रका नेता राम कार्कीले नेपालले बिजुली बेच्नै नसक्ने ठोकुवा गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै नेता कार्कीले नेपालले बिजुली बेचेर धनी बन्ने भन्ने कुराजस्तो वाहियात कुरा केही नभएको बताए ।

‘नेपालले आफ्नै मुलुकभित्र विजुली पुर्याउन सकेको छैन । घर–घर चुलो चुलोमा बिजुली पुर्याउन सकेको छैन । यस्तो अवस्थामा कसरी बेच्ने ?’

प्रतिप्रश्न गर्दै नेता कार्कीले भने- ‘बरु स्वदेशी खपत बढाउँ, डाँडा डाँडामा विद्युतीय रोपवेको सञ्चालन गरौं, औद्योगिक विकास गरेर त्यता विजुली खपत बढाऔं । ग्यासको प्रतिस्थापनका लागि खाना पकाउन बिजुलीको प्रयोग बढाऔं’।

तर बिजुली बेचेर धनी बन्ने सपना भने नपाल्न नेता कार्कीले सरकारलाई सुझाव दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार