
नेत्र विक्रम चन्द‘विप्लव’नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी) एक बिकट बस्तीको आधारभुत बिधालय निर्माणमा जुटेको छ।
मकवानपुर र धादिङको सिमाना क्षेत्र च्यात्रा तामाङ वस्तीमा रहेको च्यात्रा नमूना आधारभूत बिधालय निर्माणमा विप्लव निकट अखिल(क्रान्तिकारी) का युवा बिद्यार्थीहरु जुटेका हुन।
च्यात्रा तामाङ गाउँ जहाँका ६० जना बालबालिकाहरुले विद्यालयको अनुहार देखेका छैनन् त्यहि बस्तीमा संगठनले आधारभूत बिद्यालयको निर्माण कार्यलाई अगाडि बढाएको र थप ब्यबस्थित बनाउन ब्यबस्थापन समिति मार्फत रु १,०००००(एक लाख) हस्तान्तरण गरिएको संगठनले जनाएको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) का केन्द्रिय उपाध्यक्ष नरेन्द्र विश्वकर्माले उक्त आर्थिक हस्तान्तरण गरेको बताएका छन।
अखिल (क्रान्तिकारी) ले मकवानपुरको च्यात्रा गाउँमा बिद्यालय भवन निर्माणका लागि आर्थिक सहयोगका साथै श्रमदान समेत गरेको छ।








