नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले कुण्ठा र मनोगत भारी बोकेर बाहिरिएका धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश ओलीलाई सच्चिएर पाटीमा फर्कन अनुरोध गरेका छन् ।

कार्यनीतिक प्रश्नमा थोरैं नमिलेको विषयमा पार्टीबाट बाहिरिने कुरा अमाक्र्सवादी भएको जिकिर गर्दै महासचिव विप्लवले मूल पार्टी नेकपाका सबैं नारा हुबहु कपी गरेर दस्तावेज तयार पारेर अलग पार्टी बन्न नसक्ने दाबी गरे ।

पार्टीबाट केही नेताहरु बाहिरिएपछि बसेको केन्द्रीय समितिको बैंठकलगत्तैं आयोजित पत्रकार सम्मेलनमा बोल्दैं महासचिव विप्लवले नेकपाले भन्ने गरेको कार्यक्रम, कार्यदिशा र कार्यनीति सबैं नेकपाकैं हुबहु कपी गर्ने हो भने किन नयाँ पसल थापेको भन्दैं प्रश्न गरे ।

आजको २१ औं शताव्दीमा हुने क्रान्तिको मोडेल लेनिन र माओको दुनियाँबाट नहुने भन्दैं महासचिव विप्लवले माक्र्स, लेनिन र माओका केही पूराना भनाईहरु कण्ठ गरेर क्रान्ति नहुने भएकोले अब सबैंलाई समेटेर लैजाने क्रान्तिको आवश्यकता रहेकोमा जोड दिए ।

आउँदो असोज १ गते पार्टीले नवौं महाविधेशन गर्न गइरहेको भन्दैं विप्लवले सो महाविधेशनबाट नेपालको कम्युनिस्ट आन्दोलनमा व्यापक धु्रवीकरण र क्रान्तिकारी एकतालाई अगाडि बढाइने दाबी गरे ।

सो महाधिवेशनमा पार्टीले वैचारिक, राजनीतिक र संगठनात्मक क्षेत्रमा ठूलो परिवर्तन ल्याउन खोजेको बताउँदैं महासचिव विप्लवले पार्टीबाट बाहिरिएका साथीहरुलाई सो महाधिवेशनमा सरिक हुने अपिल समेत गरे ।

 

 

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार