एमसीसीविरुद्ध नेपाल कम्युनिस्ट पार्टीले कडा आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

देशको सार्वभौम सत्ता र राष्ट्रिय स्वाधीनताका लागि नेपाल कम्युनिस्ट पार्टीले एमसीसीमार्फत अमेरिकाले नांगो हस्तक्षेप गर्न खोजेको भन्दै कडा आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड ले आज एक प्रेस विज्ञप्ति जारी गर्दै एमसीसी र चर्को मँहगीविरुद्द चरणबद्ध आन्दोलनको घोषणा गरेको हो ।

जेठ १५ देखि असार १५ सम्म आन्दोलनको कार्यक्रम घोषणा गरेको नेकपाले अमेरिकी साम्राज्यवादी हस्ताक्षेपका विरुद्ध देशव्यापी संघर्षको कार्यक्रम तय गरेको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार