
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को नेपालस्थित एमसीए नेपालको कार्यालय घेराउ गरेको छ ।
सोमबार नेकपाका नेता कार्यकर्ताहरु र्यालीसहित दरबारमार्गस्थित एमसीए नेपालको कार्यालय पुगेर घेराउ गरेका हुन् ।
घेराउपछिको विरोध सभालाई नेकपाका केन्द्रीय सदस्य हरु ओम प्रकाश पुन, माइला लामा र सावित्रा दुरालगायतले संबोधन गरेका थिए ।
नेकपासहित साना कम्युनिस्ट पार्टीहरुले विगतदेखि नै एमसीसी राष्ट्रघाती भएको भन्दै खारेजीको माग गर्दै आएका छन् ।
सरकारले एमसीसीको व्याख्यात्मक घोषणासहित सदनबाट पारित गरिसकेको छ ।








