नेपाल कम्युनिस्ट पार्टीले अमेरिकी स्टेट पार्टनरसिप प्रोगामको (एसपीपी) १० बुँदे सम्झौता नगर्न सरकारलाई चेतावनी दिएको  छ ।

पार्टीका प्रवक्ता प्रकाण्डले मंगलबार एक विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन् ।

उक्त स्टेट पार्टनरसिप प्रोगामको (एसपीपी) १० बुँदे सम्झौता नेपाली जनता र राष्ट्रका विरुद्ध भएकोले सम्पूर्ण न्यायप्रेमी जनसमुदाय एकताबद्ध हुन र साम्राज्यवादी हस्तक्षेपको विरोध गर्न नेपाल कम्युनिस्ट पार्टीले विशेष अपिल गरेको छ ।

प्रवक्ता प्रकाण्डले अमेरिकी सेनाको एसिया प्यासिफिक कमाण्डका प्रमुख जर्नेल चाल्र्स एन्थोनी फिलीनले नेपालको राष्ट्रपति, प्रधानमन्त्री र प्रधानसेनापतिसँग सेनाको मुख्यालयमा भेटघाट गरि स्टेट पार्टनरसिप प्रोगामको (एसपीपी) १० बुँदे सम्झौताको प्रस्ताव गरेको बताउदै राष्ट्रघाती एमसीसी सम्झौता संसदबाट पारित गरिसकेपछि नेपालमा अमेरिकाले आफ्नो प्रत्यक्ष उपस्थितिलाई मजबुद बनाउँदै आफ्ना गतिविधिहरु बढाइरहेको दावी गरे ।

यसबाट नेपालकोर कुटनीतिक मामिलाको खिल्ली उडाउनुका साथै नेपालको राष्ट्रिय स्वाधिनता र सार्वभौम अधिकारमाथि खुलमखुला धाबा बोलेको प्रवक्ता प्रकाण्डले ठोकुवा गरेका छन् ।

उनले देशलाई युद्बको मारमा फसाउने षड्यन्त्रलाई अँध्यारो कोठाबाट स्वीकृत दिने शेरबहादुर देउवा गठबन्धन सरकारको यस प्रकारको हर्कतले मुलु्कको सार्वभौम अधिकारमाथि ठूलो चुनौति खडा भएको बताउदै राष्ट्रियता जस्तो अति सम्वेदनशील विषयमा समेत हल्का ढंङ्गको लिने देउवा सरकारलाई स्टेट पार्टनरसिप प्रोगामको (एसपीपी) १० बुँदे सम्झौता नगर्न खबरदारी समेत गरेका छन् ।

विज्ञप्तिको पूरा पाठ :

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार