
विप्लव नेतृत्वको सहित ९ कम्युनिस्ट दलले अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लाई स्वीकार नगर्ने बताएका छन् ।
बुधबार विप्लव नेतृत्वको नेकपा, नेकपा क्रान्तिकारी माओवादी, नेकपा बहुमत, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, माओवादी कम्युनिष्ट पार्टी नेपाल, ऋषि कट्टेल नेतृत्वको नेकपा, नेकपा माओवादी समाजवादी, नेकपा मसाल केसस र जनसमाजवादी मञ्च नेपालले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै नेपालको सार्वभौमिकता र राष्ट्रिय स्वाधीनतामाथि हस्तक्षेप नगर्न माग गरेका हुन् ।
अमेरिकी सहयोग परियोजना एमसीसी पारित भएपछि नेपालमा अमेरिकाको हस्तक्षेप बढेको र त्यसको सहजकर्ता प्रधानमन्त्री देउवा भएको ९ वटा कम्युनिस्ट दलहरुको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।








