विप्लव नेतृत्वको नेकपानिकट अखिल क्रान्तिकारीले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) को विरोधमा राजधानीको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ।

नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले बुधबार विरोध प्रदर्शन गरेको हो।

प्रदर्शनमा सहभागीहरुले अमेरिकाले प्रस्ताव गरेको एसपीपी रिजेक्ट गर्न सरकारसँग माग गरेका छन्। उनीहरुले ‘वैदेशिक हस्तक्षेप बन्द गर, राष्ट्रिय स्वाधिनताको रक्षा गरौँ’लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

विरोध प्रदर्शनको क्रममा सरकार र अमेरिकाबीच हुने भनिएको एसपीपी सम्झौताको प्रति जलाइएको थियो।

सरकारले अमेरिकासँग एसपीपी सम्झौता गर्न लागेको भन्दै पछिल्लो समय सरकारको चौतर्फी विरोध भइरहेको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार