
DCIM100GOPROGOPR0017.JPG
नेपाल कम्युनिष्ट पार्टी केन्द्रिय समितिको आयोजनामा राप्ती स्तरीय केन्द्रिय राजनीतिक तथा बैचारिक प्रशिक्षण कार्यकक्रम सुरु भएको छ । नेकपाका महासचिव नेत्र बिक्रम चन्द विप्लवद्वारा दिईने बैचारिक प्रशिक्षण दाङको घोराहीमा रहेको उद्योग बाणिज्य संघको सभाहलमा बिहिबार (आज) ९:३० बजे देखि सुरु भएको छ ।
प्रशिक्षण कार्यक्रममा राप्तीका पार्टी जिल्ला सदस्य र जनबर्गिय संगठनका केन्द्रिय सदस्यहरु मात्रै सहभागिता रहेको छ । सहभागी जिल्लाहरु रोल्पा, रुकुम, सल्यान, प्युठान, दाङ जिल्लाका पार्टी कार्यकर्ताहरु सहभागी रहेका छन ।

कार्यक्रममा प्रमुख अतिथि महासचिव नेत्र बिक्रम चन्द ‘ विप्लब’ रहेका छन भने विशिष्ट अतिथिमा केन्द्रिय सचिवालय सदस्य सन्तोष बुढा रहेका छन् । अन्य अतिथिहरु केन्द्रीय सदस्य चुडामणि वली ‘आदर्श’, केन्द्रिय सदस्य बाँके बर्दिया इन्चार्ज बिश्व, केन्द्रीय सदस्य तथा केन्द्रीय कार्यालय सदस्य सुसिल वली, केन्द्रीय सदस्य दल बहादुर खत्री ‘जागृति’, केन्द्रीय सदस्य सबिन, युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष पाटन, बर्दिया जिल्ला सेक्रेटरी गणेश र ब्यबपत्ता परिवारका सदस्य सुन्दरको उपस्थिति रहेको छ ।

केन्द्रीय सदस्य तथा रोल्पा जिल्लाका पार्टी इन्चार्ज केश बहादुर बाँठाको सभापतित्वमा सुरु भएको प्रशिक्षण कार्यक्रमलाई केन्द्रिय सदस्य तथा दाङ जिल्लाका पार्टी इन्चार्ज सितलले संचालन गरेका छन् । कार्यक्रमलाई केन्द्रीय सदस्य तथा प्युठान जिल्ला इन्चार्ज जागृतले स्वागत मन्तब्यद्वारा स्वागत गरेका छन् ।
साथै भर्च्युल प्रविधिद्वारा विदेशमा रहेको अन्तराष्ट्रिय बिभाग पनि विप्लबको प्रशिक्षणमा सहभागी हुने भएको छ ।
सामना परिवारको केन्द्रीय टोलीले कार्यक्रमको बीचमा आफ्नो प्रस्तुति दिइरहेको छ ।
फोटो दृश्यहरु:











