
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी)बिरुद्ध संघर्षको शंखघोष गरेको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डले बिहिबार एक बिज्ञप्ति जारी गर्दै संघर्षको शंखघोष गरेका हुन् ।
नेपालमा एमसीसीमार्फत् शुरु गर्न थालेको अमेरिकी साम्राज्यवादी रणनीति अहिले एसपीपीको रुपमा व्यक्त भएको भन्दैं यो अमेरिकाको आईपीएसअन्तर्गत नेपाल र नेपालमाथि अमेरिकाको नांगो हस्तक्षेप भएको प्रवक्ता प्रकाण्डले प्रेस विज्ञेप्तीमा उल्लेख गरेका छन् ।
प्रवक्ता प्रकाण्डद्धारा घोषित संघर्षका कार्यक्रमहरु अनुसार आज साँझ देशव्यापी मशाल जुलुश, भोलि असार ३ गते देशव्यापी विरोध प्रदर्शन तथा सभा र असार ४ गते शहर र सदरमुकामहरुमा अन्तरक्रिया गर्ने रहेका छन् ।








