
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारले हप्तैपिच्छे मुल्यवृद्धि गर्ने सरकारी जनमारा रवैयाको नेकपाद्वारा तीव्र रुपले घोर निन्दा एवं भर्त्सना गरेको छ ।
पार्टीका प्रवक्ता प्रकाण्डले मंगलबार एक विज्ञप्ति जारी गर्दै गर्दै जनताको जनजीवनमाथि गरेको खेलवाड र जनविरोधी कार्यविरुद्ध देशव्यापी प्रतिरोध सङ्घर्षमा उत्रन आह्वान गरेका छन् ।
प्रवक्ता प्रकाण्डले विज्ञप्तिमा भनेका छन् –
आइतबार राति नेपाल सरकारले विभागीय मन्त्रालयको सचिवलाई लामो वक्तव्य दिन लगाएर पेट्रोलियम पदार्थमा गरेको मुल्यवृद्धिको औचित्य पुष्टि गर्ने धृष्टतासहित पेट्रोलियम पदार्थको मुल्यवृद्धि गरेको बताउदै एकैचोटी पेट्रोलमा प्रति लिटर रु। २१, डिजेल र मट्टितेलमा रु। २७ र हवाई इन्धनमा – आन्तरिक रु। १९ मुल्यवृद्धि गरी पेट्रोलमा रु। १९९, डिजेल, मट्टितेलमा रु।१९२ र हवाई इन्धनमा रु। १८५ पुर्याएको छ यो नेपाली जनतालाई असह्य हुने र प्रतिहप्ता मुल्यवृद्धि गर्ने सरकारी जनमारा रवैयाको हाम्रो पार्टी तीब्र घृणासहित घोर निन्दा एवं भर्त्सना गर्दछ ।‘
विज्ञप्तिमा भारतीय आयल निगमबाट पेट्रोलियम पदार्थ खरिद गर्दा राज्यले शुरु गर्ने कमिशनको खेल, चुहावट, मिसावट, घिसावट र ढुवानीको नाममा गरिने भ्रष्टाचारलगायत तमाम क्षेत्रमा रोक्न आग्रह गरिएको छ ।
प्रवक्ता प्रकाण्डले एक्काइशौँ शताब्दीको विश्वमा यातायात जनताको आधारभूत आवश्यकता बनिसकेको उल्लेख गर्दै सरकारलाई तत्काल मुल्यवृद्धि फिर्ता लिन आग्रह समेत गरेका छन् ।
विज्ञप्तिको पूरा पाठ – 







