
नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको चौथो पूर्ण बैठक सुरु भएको छ ।
त्रिभुवन विश्वविद्यालय किर्तिपुर काठमाडौंमा आजदेखि सुरु भएको बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा संगठनका फ्याक्सन इन्चार्ज चिरण पुन मिलन, संगठनका निवर्तमान अध्यक्ष चिरञ्जीवी ढकाल लगायतको आतिथ्यता रहेको छ ।
बैठकमा अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश शाहीले बैठकका ऐजेण्डा तथा संगठनका आगामी कार्ययोजना प्रस्तुत गरेका छन् ।
उक्त ऐजेण्डा तथा संगठनका आगामी कार्ययोजनामाथि बैठकमा सहभागी सबै केन्द्रीय सदस्यहरुले आ-आफ्नाे धारणासहित छलफल हुने बताइएको छ ।








