
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले संसदवादबाट समाजवाद प्राप्त नहुने भन्दै त्यसका लागि नयाँ क्रान्तिको आवश्यकता रहेको बताएका छन्।
महासचिव विप्लवले आफुहरुले स्थानीय निकायको निर्वाचनलाई स्वतन्त्र उम्मेदवारको रुपबाट अपनाएको कुरालाई संसदवाद देख्नु जडसुत्रवादी सोंचको परिणाम भएको बताए।
काठमाडौंमा ‘क्रान्तिको बाटोको सवाल’ नामक कितावको बिमोचन गर्दै महासचिव विप्लवले यस्तो बताएका हुन्।
‘मार्क्सवाद र संसदवादबीचको अन्तरलाई छुट्टाउन नसक्नेहरुले हामीलाई संसदवादी भएको आरोप लगाएका छन्।’ विप्लवले भने, ‘हामी स्पष्ट छौं कि संसदवादबाट क्रान्ति हुँदैन भनेर, जो नेपालमा ०४७ सालपछि देखिएको कुरा हो ।’
महासचिव विप्लवले नयाँ कुरा गर्ने नाममा माक्र्सवाद नै छोड्ने एउटा अति रहेको छ भने अर्को क्रान्तिको नाममा साँघुरो घेरामा रहने गलत प्रवृत्ति रहेको बताए।







