
नेपालमा रहेका सबैं कम्युनिस्ट पार्टीमा आबद्ध जनवादी कलाकारहरु एक ठाउँमा जम्मा भएका छन् ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलालको स्मृति दिवसको अवसर पारेर जनवादी कलाकारहरु संगीत समर्पण कार्यक्रममार्फत् एक ठाउँमा भेला भएका हुन् ।
काठमाण्डौको प्रदर्शनीमार्गमा रहेको नेपाल पर्यटन बोर्डको हलमा भएको कार्यक्रममा जनवादी गीतका सर्जक मणि थापादेखि श्याम तमोट, चिरण पुनलगायत दर्जनौं जनवादी गायकहरु एक ठाउँमा भेला भए ।
सो जमघटमा जनवादी कलाकारहरुले विभिन्न साङ्गीतिक प्रस्तुतिहरू प्रस्तुत गरेका थिए ।
सो कार्यक्रममा जनयुद्धका जनवादी कलाकार मोहित श्रेष्ठ, विद्रोही, झन्कार बुढामगरलगायत दर्जनौं कलाकारले आफ्नो प्रस्तुती दिएका थिए ।
जनवादी गीत संगीतको सामुहिक प्रस्तुतीबारे मणि थापाले कम्युनिस्ट विचारको लक्ष्यमा रहेर जनवादी गीतहरु निर्माण गर्नुपर्ने बताए ।

democretic Artist








