विप्लव नेतृत्वको नेकपासहित चार दलले देशका विभिन्न ठाउँमा एमसीसी र एसपीपी सम्झौंताका विरुद्ध मशाल जुलुश सम्पन्न गरेको छ ।

चार दलिय रणनीतिक संयुक्त मोर्चाले पूर्वनिर्धारित कार्यक्रम अनुसार एमसीसी र एसपीपीविरुद्ध बृहत मसाल जुलुससहित प्रदर्शन सम्पन्न भएका हुन् ।

काठमाडौंलगायत भक्तपुर र ललितपुरका विभिन्न स्थानमाबाट आन्दोलनकारीहरुले मशाल जुलुश प्रदर्शन गरेका थिए ।

काठमाडौंको बागबजार, कोटेश्वर, बानेश्वर, रत्नपार्क,  कलंकी, चावहील, भक्तपुरको लोकन्थली, ललितपुरको लगनखेल लगायतका स्थानहरुमा चार दलिय रणनैतिक संयुक्त मोर्चाले आह्वान गरेको मसालजुलुस कार्यक्रममा तिनका भातृ संगठन जवस मोर्चाहरुले सम्वोधन गरेका थिए ।

नेपाल कम्युनिष्ट पार्टीसहित चार दलिय मोर्चाले नागरिकता विधेयक, अमेरिकी सहयोग परियोजना एमसीसी र सैन्य मोर्चा एसपीपीविरुद्ध मसाल जुलुससहित प्रदर्शन गरेका हुन् ।

go back mcc

go back mcc

go back mcc

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार