नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले सरकारले आफ्ना नेता कार्यकर्तालाई पक्राउ पुर्जी जारी गरेर देशलाई पुनः द्वन्द्वमा लैजान खोजेको बताएका छन्।

ललितपुर जिल्ला अदालतले हातहतियार तथा खरखजानासमेतको मुद्दामा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव र पार्टी प्रवक्ता प्रकाण्डलगायत नेता कार्यकर्तालाई पक्राउ पुर्जी जारी गरेपछि नेपालले यो कदमको विरोध गरेको छ।

पुर्जी जारी भएसँगै पार्टी प्रवक्ता प्रकाण्डले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘सरकारसँग वार्ता जारी रहेको अवस्थामै अदालतबाट यस्तो सूचना जारी हुनु सरकारको शान्ति पक्रिया भाँड्ने, देशलाई पुनः द्वन्द्वमा धकेल्ने कदम हो। सरकारसँग वार्तापछि भएका सहमति कार्यान्वयको चरणमै छ। सहमतिअनुसार सरकारले काम गरिरहेको छैन।’

ललितपुर अदालतले नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामाथि लागेका मुद्दाहरूमा म्याद बेपत्ते तामेल भएको भन्दै ६ साउन ०७९ को आदेशअनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५८ को १३ अनुसार ३५ दिने पक्राउ पुर्जी जारी गरिएको हो।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको माओवादीबाट विद्रोही गर्दै नयाँ पार्टी बनाएको थियो।

तत्कालीन केपी ओली नेतृत्वको सरकारमार्फत शान्ति प्रक्रियामा आए पनि उनीहरूविरुद्ध परेको मुद्दा अझै फिर्ता भएको छैनन्, जसले गर्दा सहमति विपरित सरकार गएको विभिन्न राजनीतिक विश्लेषकहरुले बताउने गरेका छन्।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार