नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव र प्रवक्ता ‘प्रकाण्ड’लगायत  नेता कार्यकर्तामाथो सरकारले पक्राउ पुर्जी जारी गरेपछि चार कम्युनिस्ट पार्टीले त्यसको घोर भर्त्सना गरेका छन्।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव आहुती, नेकपा अध्यक्ष ऋषि कट्टेल र नेकपा माओवादी समाजवादीका महासचिव कर्णजित बुढाथोकीले सरकारले जारी गरेको पक्राउ पुँजी ३ बुँदे सहमति विपरित भएको बताएका छन्।

ललितपुर अदालतले नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामाथि लागेका मुद्दाहरूमा म्याद बेपत्ते तामेल भएको भन्दै ६ साउन ०७९ को आदेशअनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५८ को १३ अनुसार ३५ दिने पक्राउ पुर्जी जारी गरिएको छ।

तत्कालीन केपी ओली नेतृत्वको सरकारमार्फत शान्ति प्रक्रियामा आए पनि उनीहरूविरुद्ध परेको मुद्दा अझै फिर्ता भएको छैनन्, जसले गर्दा सहमति विपरित सरकार गएको विभिन्न राजनीतिक विश्लेषकहरुले बताउने गरेका छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार