
मगर मुक्ति मोर्चा नेपालको केन्द्रीय समितिको दोस्रो पूर्ण बैठक काठमाडौंमा सम्पन्न भएको छ।
मोर्चाका अध्यक्ष सुदर्शन थापा (मंगोल)को अध्यक्षतामा बसेको बैठकमा नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य सन्तोष बुढामगरको उपस्थिति रहेको थियो ।
बैठकलाई संबोधन गर्दै नेकपा सचिवालय सदस्य सन्तोष बुढामगरले वर्गीय आन्दोलनमा जातीय आन्दोलनलाई जोडेर लैजानु पर्ने बताए।
नेपालका विभिन्न उत्पीडित जातिहरुको मुक्तिको बाटो वैज्ञानिक समाजवाद मात्र भएको बताउँदै बुढामगरले अबको मुक्तिको बाटो एकीकृत जनक्रान्तिमा सरिक हुन आग्रह गरे।
बैठकले पार्टीको आसन्न महाधिवेशन केन्द्रीत कार्यक्रम संचालन गर्ने भएको छ।
यसैगरी बैठकले मगर मोर्चाको केन्द्रीय पधाधिकारी चयन गरेको छ।

मगर मोर्चाको चौथो राष्ट्रिय सम्मेलनले ५९ सदस्यीय केन्द्रीय समिति सदस्य निर्वाचित गरेकोमा चार जना केन्द्रीय सदस्य पलायन भएकाहरुलाई निश्कासन गरेको छ।
बैठकले पधाधिकारी बिस्तार गर्दा उपाध्यक्षमा इन्द्र घर्ती मगर, महासचिवमा दुर्गा थापा मगर, सचिवमा भीम प्रकाश पुन मगर र कोषाध्यक्षमा आस्मती मगरलाई चयन गरेको छ।
बैठकको अन्त्यमा नेकपा सचिवालय सदस्य सन्तोष बुढामगरले निर्देशनात्मक प्रशिक्षण मन्तव्य दिएसँगै मोर्चाका अध्यक्ष सुदर्शन थापा (मंगोल) ले बैठक समापन गरेका थिए।
बैठक दुई दिनसम्म काठमाडौंको कपुरधारामा बसेको थियो।







