
राष्ट्रिय वामपन्थी मंच नेपालको केन्द्रीय भेला यही भाद्र १७ गते हुने भएको छ।
आज काठमाडौंमा मंचका संयोजक दीर्घप्रसाद पाण्डेको अध्यक्षतामा बसेको बैठकले भाद्र १७ गते भेला गर्न थालेको हो।
नेपालका विभिन्न स्वतन्त्र वामपन्थी शक्तिहरूलाई नेतृत्व गर्ने उद्देश्यका साथ सो राष्ट्रिय वामपन्थी मंचको भेला गर्न थालेको मंचका संयोजक पाण्डेले जानकारी दिए।
सो भेलामा देशैभरिबाट प्रतिनिधिहरु सहभागी हुने आयोजकले जानकारी दिएको छ।








