जनवादी गणतन्त्र कोरियाले महिला मुक्तिको सवालमा ठूलो योगदान गरेको कोरियाले दावी गरेको छ।

सन् १९४७ मा जनवादी गणतन्त्र कोरियाको स्थापनापछि कोरियाले महिला अधिकारमा ठूलो योगदान गरेको हो ।

जनवादी गणतन्त्र कोरियाकाअनुसार अहिले राज्य संचालनको प्रक्रियामा ३८ प्रतिशत महिलाहरु सत्ता संचालनको स्थानमा पुग्न सफल भएका छन् ।

आजकै दिन जनवादी गणतन्त्र कोरिया स्थापना भएको ७४ औं दिवसको अवसरमा नेपालस्थित कोरियाली दुतावासमा आयोजित एक कार्यक्रममा बोल्दै नेपालका लागि कोरियाली राजदूत जो वेङ मानले आफ्नो देशमा महिलाहरुले उच्च सम्मान र अधिकार पाएको दाबी गरे ।

राजदूत जो वेङ मानकाअनुसार जनवादी गणतन्त्र कोरियाले आफ्नो देशमा प्रत्येक मानिसले प्रत्येक ८ घण्टा काम गर्नु पर्नेमा महिलाले जम्मा ६ घण्टा काम गरेर ८ घण्टाको तलब पाउने गर्छन्।

 

आफ्नो देशमा कुनै पनि महिला सुत्केरी भएको अवस्थामा उनीहरुले ६ महिना आराम पाउने र त्यही आराम गरेको ६ महिनाको तलब भने सरकारले उपलब्ध गराउने कोरियाली राजदूत जो वेङ मानको भनाई थियो।

जनवादी गणतन्त्र कोरियाको स्थापना दिवसको अवसरमा राजदूत जो वेङ मानसँग नेपाल कोरिया समाजवाद अध्ययन अनुसन्धान मंचको टीमले अन्तरक्रिया समेत गरेको थियो।

अन्तरक्रियामा जनवादी गणतन्त्र कोरियाको समाजवाद स्थापना र संचालनको ७४ वर्षको अनुभवबारे राजदुत जो वेङ मानले सविस्तार चर्चा गरेका थिए ।

अन्तरक्रियामा नेपाल-कोरिया समाजवाद अध्ययन अनुसन्धान मंचका तर्फबाट अध्यक्ष सुदर्शन मंगोल, उपाध्यक्ष डा.भगवानचन्द्र ज्ञवाली, महासचिव नरेन्द्र विक, सचिव सुशान्त न्यौपाने र महिला नेतृ एवं मंचकी सदस्य ज्ञानु तामाङको उपस्थिति रहेको थियो।

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार