नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लव सीकी ममतामयी आमा आशिकादेवी घर्तीचन्दको ९६ वर्षको उमेरमा भएको असायमिक निधनप्रति सो पार्टीको भातृ संगठन मगर मुक्ति मोर्चा नेपालले समवेदना विज्ञेप्ती जारी गरेको छ ।

मोर्चाका केन्द्रीय अध्यक्ष सुदर्शन थापामंगोलले आमा आशिकादेवीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै पार्टीका महासचिवलगायत सिंगो परिवारजनप्रति परेको दुखद घटनाप्रति गहिरो समवेदना जारी गरेका छन् ।

विज्ञेप्तीमा भनिएको छ –

‘हाम्रो मातृ पार्टी नेपाल कम्युनिस्ट पार्टीका महासचिव कमरेड नेत्र विक्रम चन्द ‘विप्लव सी’की ममतामयी आमा आशिकादेवी घर्तीचन्दको ९६ वर्षको उमेरमा भएको निधनले हाम्रो संगठनलाई मर्माहत र दुखित बनाएको छ । मृत्यु अवश्यम्भावी हुँदाहुँदैं पनि नेपालको क्रान्तिकारी आन्दोलनको जुझारु नेताकी आमाको निधनले हामी सबैंलाई स्तव्ध बनाएको छ । आमा आशिकादेवीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै यस दुखद घडीमा पार्टीका महासचिवलगायत सम्पूर्ण परिवारजनलाई परेको मर्माहतप्रति हाम्रो मोर्चा गहिरो समवेदना व्यक्त गर्न चाहन्छ ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार