
यो शताब्दीको महान फुटबलर को हुन ? यस बहसलाई लियोनल मेस्सीले ब्रेक लगाएका छन् । अर्जेन्टिनालाई विश्वकप जिताएर उनले GOATअर्थात् ग्रेटेस्ट अफ अल टाइम र क्रिस्टियानो रोनाल्डोसँगको तुलनालाई लिएर दैनिक बहसको अन्त्य गरेका छन् ।
२ पटकको च्याम्पियन फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले फिफा विश्वकप ट्रफी जितेको छ । अर्जेन्टिनाको यो तेस्रो फिफा विश्वकप ट्रफी हो। उनले यसअघि सन् १९८६ मा यो उपाधि हात पारेका थिए । त्यसपछि अर्जेन्टिनाका नायक डिएगो म्याराडोना थिए । यसपटक लियोनल मेस्सी अर्जेन्टिनाका सुपरहिरो साबित भएका छन् ।
फिफा विश्वकप २०२२ को फाइनल डिसेम्बर १८ आइतबार कतारमा खेलिएको थियो। जसमा दुई पटकको च्याम्पियन फ्रान्सले अर्जेन्टिनाको सामना गरेको थियो । फ्रान्सले २०१८ मा पनि उपाधि जितेको थियो । यसरी उनले लगातार दुई पटक उपाधि जित्ने मौका पाए । तर, लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले फ्रान्सको यो सपना तोड्यो । यो जितसँगै अर्जेन्टिनाको विश्वकप ट्रफी जित्ने लामो प्रतीक्षाको अन्त्य भएको छ । यससँगै यो शताब्दीको महान् फुटबलर को हुन् भन्ने बहस पनि समाप्त भयो ।
अर्जेन्टिनाका कट्टर प्रतिद्वन्द्वी इङ्ल्यान्डका ग्यारी लिनेकरलगायत धेरै दिग्गजहरूले लियोनेल मेस्सीको टोली फाइनलमा पुगेकै दिन GOAT Greatest Of All Time सम्बन्धी बहस समाप्त हुने स्वीकार गरेका थिए। विश्वको उत्कृष्ट फुटबलर को हो ? यस बहसको अन्त्य गर्दै ग्यारी लिनेकरले ट्वीट गरे, ’के अझै कुनै बहस बाँकी छ? अझै कसैले GOAT बारे सोध्नु पर्छ?’
![]()
लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोले सन् २००० को सुरुदेखि नै फुटबल जगतमा प्रभुत्व जमाउँदै आएका छन्। यी दुईबीच मैदानमा मात्रै होइन बाहिर पनि प्रतिस्पर्धा छ । मेस्सी र रोनाल्डोका फ्यानहरूले आफ्ना मनपर्ने खेलाडीलाई ग्रेट अफ अल टाइम अर्थात् न्इब्त् भनेका छन् । पैसा र प्रसिद्धिको हिसाबले दुवै वरपर छन्। तर विश्वकप जितेसँगै मेस्सीले उपलब्धिको मामिलामा रोनाल्डोलाई निकै पछाडि छोडेका छन् ।
लियोनल मेस्सीको नेतृत्वमा अर्जेन्टिनाको टोली दुई पटक फिफा विश्वकपको फाइनलमा पुगेको थियो । एक पटक उपाधि जिते र एक पटक उपविजेता बनेर सन्तुष्ट हुनु परेको थियो । रोनाल्डोले आफ्नो राष्ट्रिय टोली पोर्चुगललाई एकपटक पनि विश्वकपको फाइनलमा पु¥याउन सकेनन् । हो, उनले आफ्नो टोलीलाई युरो च्याम्पियन बनाएका छन् ।

लियोनल मेस्सीले फिफा विश्वकपमा कुल १३ गोल गरेका छन् । सर्वाधिक गोल गर्नेमा उनी संयुक्त रुपमा चौथो नम्बरमा छन् । सबैभन्दा धेरै गोल गर्ने विश्व कीर्तिमान मिरोस्लाभ क्लोजको नाममा छ (१६)। रोनाल्डोले फिफा विश्वकपमा कुल ८ गोल गरेका छन् । सबैभन्दा बढी गोल गर्नेमा उनी संयुक्त रुपमा १७ औं स्थानमा छन् ।
लियोनल मेस्सीको नेतृत्वमा अर्जेन्टिनाको टोली दुई पटक फिफा विश्वकपको फाइनलमा पुगेको थियो । एक पटक उपाधि जिते र एक पटक उपविजेता बनेर सन्तुष्ट हुनु परेको थियो । रोनाल्डोले आफ्नो राष्ट्रिय टोली पोर्चुगललाई एकपटक पनि विश्वकपको फाइनलमा पु¥याउन सकेनन् । हो, उनले आफ्नो टोलीलाई युरो च्याम्पियन बनाएका छन् ।
अवार्डको कुरा गर्ने हो भने लियोनल मेस्सीले फिफा विश्वकपमा गोल्डेन बुटको उपाधि मात्र जितेका छैनन् । बरु ७ वटा बालोन डी’ओर अवार्ड पनि उनको नाममा छ, जुन विश्व कीर्तिमान हो । रोनाल्डोले ५ बालोन डी’ओर अवार्ड जितिसकेका छन् । त्यस्तै मेस्सीले ६ वटा युरोपियन गोल्डेन शु अवार्ड जितेका छन् भने रोनाल्डोले मात्र ४ पटक यो अवार्ड जित्न सकेका छन् ।

कीर्तिमानका पर्याय मेसी
यस पटक मेसीले विश्वकप मात्र जितेनन् कतारमा विधिन्न कीर्तिमान बनाए । फ्रान्स विरुद्ध फाइनल खेल्दै विश्वकपमा सर्वाधिक २६ खेल्ने नयाँ कीर्तिमान बनाए । कतारमा विश्वकप खेल्नुअघि मेसीले विश्वकपमा १९ खेल खेलेका थिए । तर उनले यस विश्वकपको सबै ७ खेल खेल्दै जर्मनीका लोथार म्याथ्वुको नाममा रहेको २५ खेलको कीर्तिमान तोडे ।
यस्तै इटलीका पाउलो माल्दिनीको नाममा रहेको विश्वकपमा सर्वाधिक मिनेट खेल्ने कीर्तिमान पनि उनले फ्रान्स विरुद्ध खेलमा तोडे । फ्रान्स विरुद्ध २४ मिनेट खेलेपछि मेसीले विश्वकपमा २ हजार २१७ मिनेट खेल्ने माल्दिनीको कीर्तिमानलाई तोडे ।
मेसीले अर्जेन्टिनाका लागि विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमान समेत बनाए। यसका लागि उनले महान खेलाडी म्याराडोनासहित गाब्रिएल बाटिस्टुटालाई समेत पछि पारे । विश्वकपमा लगातार पाँच संस्करण खेल्ने ६ खेलाडीमध्ये मेसी पनि एक खेलाडी बने ।
विश्वकपमा मेसी र रोनाल्डोसहित मेक्सिकोका आन्द्रेज गुअर्डाडोले लगातार पाँच विश्वकप खेल्दै कीर्तिमान बराबरी गरे । खेल, गोल मात्र नभएर असिस्टमा समेत मेसीले कीर्तिमान बनाए । उनी लगातार पाँच विश्वकपमा असिस्ट गर्ने एक मात्र खेलाडी बने ।
पोर्चुगलका रोनाल्डोले कतारमा एक गोल मात्र गरेका थिए र लगातार पाँच विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बने ।
फ्रान्स विरुद्ध फाइनलमा गोल गरेपछि मेसी विश्वकपको नकआउट चरणमा अन्तिम १६, क्वाटरफाइनल, सेमिफाइनल र फाइनलमा गोल गर्ने विश्वकै एक मात्र खेलाडी बने ।

मेसी सबैभन्दा कम उमेर र सबैभन्दा पाको उमेरमा विश्वकपको एकै खेलमा गोल गर्ने र असिस्ट गर्ने खेलाडी समेत बने । यस्तै मेसी आफ्नो टिनएज, ट्वेन्टिज र थर्टिजमा गोल गर्ने समेत पहिलो खेलाडी बने ।
मेसीले विश्वकपमा सर्वाधिक १९ खेलमा कप्तानी गर्ने कीर्तिमान पनि बनाए । उनले विश्वकपमा १७ खेल जित्ने जर्मनीका मिरोस्लाभ क्लोजको कीर्तिमान पनि बराबरी गरे । पेले र म्याराडोनाको लेभलमा कतारमा विश्वकप जित्नुअघि मेसीले गत वर्ष अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि जिताउँदै २० वर्षको अन्तर्राष्ट्रिय उपाधि खडेरी तोडेका थिए ।
अर्जेन्टिनाले पछिल्लो परुटक १९९२ मा कोपा अमेरिका जितेको थियो ।
सन् २००८ मा बेइजिङमा भएको ओलम्पिकमा स्वर्ण पदक जितेका थिए तर त्यो यू-२३ टिमले खेल्ने भएकोले सिनियर टिमको मान्यता थिएन । उमेर समूहमा पनि मेसीले विश्वकप जितिसकेका थिएनन् ।
तर सात पटकका बालोन डी’ओर विजेतालाई अन्तर्राष्ट्रिय स्तरमा भने केही गर्न नसक्ने भनेर ट्याग लाग्ने गरेको थियो ।
विश्वकप जितेपछि मेसीले सबैको मुख बन्द गरेका मात्र छैनन् आफूलाई इतिहासकै महान खेलाडीको सूचीमा समेत सामेल गराएका छन् ।







