नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ रप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटघाट भएको छ ।

आइतबार राति विप्लव प्रधानमन्त्री प्रचण्डसँग समसामयिक राजनीतिक विषयमा छलफल गर्न बालुवाटार गएका हुन् ।

भेटवार्तामा नेकपाबाट महासचिव विप्लव र नेता खड्गबहादुर विश्वकर्मा रहका थिए । यस्तै माओवादी केन्द्रका नेता कृष्णबहादुर महारा पनि वार्तामा सहभागी भएका छन् ।

महासचिव विप्लव प्रधानमन्त्री प्रचण्डलाई भेट्न गत शनिवार काठमाडौँ आएका थिए । यसअघि विप्लव र नेकपा माओवादी केन्द्रका नेता महराबीच भेट भएको थियो ।

विप्लवले बन्दी बनाइएका आफ्ना नेता कार्यकर्ताको रिहाइ र मुद्दा फिर्ताका विषयमा छलफल गरेको नेकपा स्रोतले बताएको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार