नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले माओवादी घटकहरुमध्ये केही माओवादी पार्टी भाग्न खोजेकोप्रति इंगित गर्दै दुलामा बसेर वा मोर्चा छोडेर भाग्ने काम बेठीक भएको बताएका छन्।

नेपाल कम्युनिस्ट पार्टी र नेकपा माओवादी समाजवादीबीच पार्टी एकतासम्वन्धी संयुक्त पत्रकार सम्मेलनमा बोल्दै महासचिव विप्लव सीले मोहन वैद्य र धर्मेन्द्र बास्तोला समूह अघिल्लो पत्रकार सम्मेलनमा अनुपस्थित भएकोप्रति संकेत गर्दै यस्तो बताएका हुन्।

महासचिव विप्लव सीले माओवादी जनयुद्धलाई अपराधीकरण गर्न खोजेको बेला सबै माओवादी घटकहरुले त्यसको डटेर सामना गर्नु पर्ने बताए। सरकारमा गएका माओवादी घटक हुन् या संसद बाहिर रहेका घटक हुन्, कुनै पनि माओवादी पार्टी यो बेला मोर्चा छोडेर भाग्न नहुने महासचिव विप्लव सीको भनाई थियो।

नेपाल कम्युनिस्ट पार्टी र नेकपा माओवादी समाजवादीबीच पार्टी एकतासम्वन्धी संयुक्त पत्रकार सम्मेलनमा दुई पार्टीले नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस पारेर एकता गर्ने भएका छन्।

सो संयुक्त पत्रकार सम्मेलनमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी र नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी सुशिलले एकताबारे आ-आफ्नो धारणा राखेका थिए।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार