नेपाल कम्युनिष्ट पार्टीले काठमाडौंस्थित महिला सहकारी संस्थामा चर्को ब्याजकाविरुद्ध भण्डाफोर कार्यक्रम गरेको छ ।

विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टीले मंगलबार कुलेश्वर काठमाडौंं स्थित महिला सहकारी संस्था चर्को ब्याजका विरुद्ध ज्ञापनपत्र समेत बुझाएको छ ।

ज्ञापनपत्र बुझाएपछि नेकपा केन्द्रिय सदस्य भृकुटी सीले वित्तीय तथा सहकारी संस्थाहरूको ज्यादती नियन्त्रण नगरे नेकपा कठोर कदम चाल्न बाध्य हुने चेतावनी दिएकी छन् ।

उनले बैंक, सहकारी र लघुवित्तले नियमभन्दा बाहिर गई मनपरी व्याज लगाएर जनतामाथि शोषण गरेको बताएकी छन् । चर्को व्याजदरले गर्दा देशका जनताहरूले आत्मदाह समेत गरेको बताउँदै यदि ब्याजदर १ अंकमा झारिएन भने त्यसका विरूद्ध आफूहरुले कठोर निर्णय लिन बाध्य हुने चेतावनी पनि दिएकी छन् । उनले ऋणीको छानबिन गरी गरिबहरूको ऋण मिनाह गर्न सरकारले पहल गर्नुपर्ने, आजसम्म दिइएको मानसिक यातनाहरु बन्द गर्न आग्रह समेत गरेकी छन् ।

नेकपाका काठमाडौं जिल्ला इन्चार्ज राजेन्द्र सीद्वारा हस्ताक्षर गरी महिला सहकारी संस्थालाई बुझाइएको ज्ञापन पत्रमा राखिएका मागहरु :

१. जनतामा थोपरिएको चर्को ब्याज अन्त्य गरी एक अङ्कको ब्याजदर लागु गरिनुपर्ने ।

२. ऋणीहरुको अवस्था छानबिन गरी पिडित जनताको ब्याज तत्काल मिनाहा गरिनुपर्ने ।

३. ऋण चुक्ता गरिसकेका दिदीबहिनीको बचत तुरुन्त फिर्ता गरिनुपर्ने ।

४. लघुवित्त संस्थाले दिदीबहिनीमाथि दिएको मानसिक यातना बन्द गरिनुपर्ने ।

५. आर्थिक अवस्था सुधार नहुन्जेलसम्म ऋण असुली बन्द गरिनुपर्ने ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार