नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले शान्तिप्रक्रियापछि माओवादी आन्दोलनले बाटो बिराएको भन्दैं अब क्रान्तिकारी माओवादीहरु रुपान्तरण भएर एक ठाउँमा आउनैं पर्ने बताएका छन् ।

महराले अब माओवादीहरु फेरि एक ठाउँमा भेट्ने भन्दैं त्यसका लागि क्रान्तिकारी माओवादीहरु एक हुनुको विकल्प नरहेको बताए ।

नेकपाका पीबीएम आदर्श सीको दिवंगत आमा टंकी कुमारी वलीको श्रद्धाञ्जली कार्यक्रममा बोल्दैं माओवादी केन्द्रका उपाध्यक्ष महराले शान्तिप्रक्रियामा आउँदा माओवादी आन्दोलनको एउटा हिस्सा दक्षिणपन्थी दलदलमा फसेको र अर्का क्रान्तिकारी शक्तिशरुले ठूलो हण्डर खाएर नयाँ परिवेशमा आएको भन्दैं क्रान्तिकारी माओवादीहरु मिल्नुको विकल्प नरहेको दाबी गरे ।

पूर्व सभामुख समेत रहेका महराले नेपालको शक्ति केन्द्र रहेको सिंहदरवार (प्रधानमन्त्री)लाई विदेशी शक्ति केन्द्रले माथिबाट दबाब सिर्जना गर्ने गरेको प्रसँग सुनाउँदैं ती शक्ति केन्द्रसँग नलडेर क्रान्तिकारीहरुको जित हुन नसक्ने बताए ।

नेपालमा क्रान्ति बाँकी रहेको भन्दैं नेता महराले आफुले वर्गसंघर्ष, जनयुद्ध र शान्तिप्रक्रियाको सफल नेतृत्व गरेर आएको र अब माओवादी धु्रवीकरणको नेतृत्व गरेर नयाँ क्रान्तिकारी पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न आफु आतुर रहेको बताए ।

विप्लव नेतृत्वको नेकपासँग आफ्नो पार्टीको बढी नजिक सम्वन्ध रहेको बताउँदैं नेता महराले नेकपा महासचिव विप्लवसँग आफुहरुको प्राय फोनवार्ता भइरहने र केही दिन ग्याप रहे खसखस लाग्ने उनको भनाई थियो ।

कुनैबेला विप्लव आफ्नो विद्यार्थी रहेको प्रसँग सुनाउँदैं महराले अहिले आफुहरुले ठूलो ठक्कर र हण्डर खाएर आएको बताउँदैं अब आफुहरु एउटै पार्टी हुने र आफु अब विप्लवलगायत नेकपाका नेताहरुको कार्यकर्ता बन्न तयार रहेको बताए ।

जनयुद्धले शक्ति आकार लिदैं जाँदा बीच बाटोमा ठूलो घुम्ती आइलागेको तर त्यसलाई छल्न नेताहरुले नसकेको कारण माओवादी आन्दोलन कमजोर बन्न पुगेको तर अब फेरि रुपान्तरणसहित एक ठाउँमा आउनु पर्ने महराको जिकिर थियो ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार