नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नेपालका माओवादीहरुबीच एकता हुने तर नेपालको दलाल व्यवस्थाको अन्त्य गरेर वैज्ञानिक समाजवाद ल्याउनका लागि मात्रै एकता हुने बताएका छन् ।

नेकपा पोलिटब्युरो सदस्य आदर्श सीको आमाको शोकसभालाई सम्बोधन गर्ने क्रममा उनले भने, ‘माओबादीहरु बिचमा मात्रै नभएर सबै कम्युनिस्टहरु बीच एकता हुन्छ तर यहाँ मन्त्री वा सांसद हुन र केही मानिसहरुले सुख(सुविधा पाउनको लागि मात्रै एकता हुँदैन ।’

कार्यक्रमको प्रमुख अतिथि रहेका विप्लवले यो व्यवस्थाले फेल खाइसकेको बताउदै अझै यही व्यस्थामा बसिरहे देश विदेशीको कब्जामा जाने जिकिर गरे । दलाल संसदीय व्यवस्था अमेरिकी साम्राज्यवादको इशारामा चलेको र अझै यहि व्यवस्था लम्बिए उनीहरुकै कब्जामा जाने ठोकुवा गरे ।

नेपालका कम्युनिस्टहरुले अव ‘सी’ जातिहरुको आफ्नै संस्कृति अङ्गीकार गर्नुपर्ने बताएका छन । सी को अर्थ कम्युनिस्ट अर्थात साम्यवादी भएको प्रस्ट्याउदै सबै कम्युनिस्टहरुले सी जातिबाट नागरिकता बनाउन राज्यलाई दवाव दिने पनि बताए ।

त्यस्तै सी जातिकै संस्कृतिको रुपमा हरेक बर्षको असोज २५ गते मरेका आफन्तहरुको सम्झनामा देशैभरी स्मृति सभा मनाउने बताए । कम्युनिस्टहरु संस्कृतिको बिरोधि मात्रै नभएर नयाँ संस्कृतिको उत्थानकर्ताको रुपमा उभिएको बताए ।

आफ्नो पार्टीलाई श्रममा जोड्दै चन्दा उठाई खाने तरिका श्रमद्वारानै फेर्ने जनाएका छन् । श्रमले देश बन्ने बताउदै आफु नेतृत्वको पार्टीलाई श्रमिकहरुको पार्टी बनाउन लागेको बताए ।

एक छुट्टै प्रसंगमा उनले पहिचानको मुद्दालाई दबाउने चेष्टा गर्नु घातक भएको बताए, किरात राज्य दिंदा केहि नबिग्रने बताउदै, जनताले खोजेको अधिकारलाई दमन गर्न खोज्नु राज्यले बिखण्डन मचाउन खोजेको आरोप लगाए ।

बिहिवार सम्पन्न शोकसभा कार्यक्रममा विशिस्ट अथितिको रुपमा नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष कृष्ण बहादुर महरा र अन्य अतिथिहरु नेपाल कम्युनिस्ट पार्टीका सल्लाहकार दीर्घ सी, स्थायी समिति सदस्य विषम सी, शिलु सी, पोलिट ब्यूरो सदस्य कृति सी, प्रज्वल सी, आस्था सी, आजाद सी, हितमान सी, वरिष्ठ अधिबक्ता एकराज भण्डारी, नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य, प्रतिनिधि सदस्यहरु, विभिन्न जनबर्गिय संगठनका पदाधिकारीहरु, रोल्पा गंगादेव गाउँपालिकाका पुर्व अध्यक्ष वीर बहादुर खत्री, नेपाली काङ्ग्रेस सल्यानका केन्द्रिय प्रतिनिधि सदस्य दिलमान सिंह चन्द, लगायत नेता(कार्यकर्ता र स्थानीयहरुको बाक्लो उपस्थिती रहेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार