नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले भारत र नेपालमा चार हजार वर्षदेखि मानव जातिको इतिहास उत्पीडित जातीहरुको संघर्षको इतिहास भएको बताएका छन् ।

विश्व इतिहासमा जतिबेला ८ हजार वर्षअघि वर्गको उदय भएदेखिको इतिहास वर्गसंघर्षको इतिहास भएको बताउदैं महासचिव विप्लवले दक्षिण एशिया खासगरी भारत र नेपालमा उत्पीडित जातीहरुको संघर्षको इतिहास यूरोप र पश्चिमाको इतिहासभन्दा फरक रहेको बताए ।

आफ्नो पार्टीनिकट श्रमिक समुदाय मोर्चा, नेपालद्धारा राजधानीमा आयोजित सी जातिको अवधारणा विषयक विचारगोष्ठीमा बोल्दैं महासचिव विप्लवले भारत र नेपालमा उत्पीडित वर्ग र जातिहरुको संघर्ष एक आपसमा जोडिएको बताए ।

भारत र नेपालमा खासगरी दक्षिण एशियामा रहेको वर्ग र जातिको जेलिएको समाजको अन्तरविरोधको समाधान भनेको वैज्ञानिक समाजवाद मात्र एक विकल्प रहेको विप्लवको भनाई छ ।

एक अर्को फरक प्रसँगमा बोल्दैं महासचिव विप्लवले पूर्वमा जारी किरात लिम्बुवान जनताको आन्दोलनप्रति ऐक्यबद्धता जनाउदैं किरात लिम्बुवान प्रदेश नामाकरण गर्नका लागि कुनैं सकिर्णता पाल्न नहुने बताए ।

यी दलाल संसदीय नेताहरुलाई निर्वाचनमा भोट हाल्ने तर अहिले तीन नेताहरुबाट किरात लिम्बुवान प्रदेश नामाकरण भएन भनेर आन्दोलन गर्नुमा पूर्वीली जनताको केही हदसम्म सीमा र कमजोरी रहेको विप्लवको भनाई छ ।

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार