मिटरब्याज पीडित र प्रहरीबीच झडप भएको छ। केही दिनदेखि देशका विभिन्न ठाउँबाट आएर शान्तिबाटिकामा बसिरहेका मिटरब्याज पीडितहरुले सिंहदरबार घेर्ने कार्यक्रम बनाइरहँदा प्रहरीसँग झडप भएको हो ।

बिहान ११ बजेदेखि प्रमुख सरकारी निकायका कार्यालयमा शान्तिपूर्ण आन्दोलन गर्ने तयारी थियो।

सोही क्रममा बिहानदेखि प्रहरीले शान्तिबाटिका घेरेर बसेको र बाहिरबाट ताला लगाइदिएको थियो । दिउँसो १ बजेसम्म गेट नखोलेपछि प्रहरीले आन्दोलनकारीमाथि दमन गरेको थियो ।

झडपमा केही मिटरब्याज पीडित बेहोस भएका छन् भने केही घाइते भएका छन् । दर्जनौलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार