नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेपाल को कम्युनिस्ट आन्दोलन अन्योल र शिथिल बन्दै गइरहेको बेला विप्लव नेतृत्वको नेकपाले कम्युनिस्ट युवाहरुलाई उत्साहित बनाइरहेको बताए।

विप्लव नेतृत्वको नेकपाले कम्युनिस्ट नेता र कार्यकर्ताहरूले नामको पछाडि सी लेखेर नयाँ संस्कृतिको विकास गरेको नेपाको  भनाई छ।

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष नेपालले अहिले नेपालका केही कम्युनिस्ट नेताहरूमा संकिर्ण र साँघुरो सोंच भएको बताउँदै अब नेपालका सबै कम्युनिस्टहरु एक ठाउँमा आउनुपर्ने जिकिर गरे ।

अध्यक्ष नेपालले कम्युनिस्ट पार्टीका नेताहरुले अलग अलग पसल खोल्नु जरुरी नभएको बताए।

७५ औ नेकपा स्थापना दिवस तथा पार्टी एकता घोषणा सभा कार्यक्रमको अध्यक्षता नेकपा महासचिव कमरेड विप्लव सीले गर्नुभएको छ भने कार्यक्रम संचालन प्रवक्ता कमरेड प्रकाण्ड सीले गर्नुभएको छ।

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार