नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा वैदेशिक हस्तक्षेप नभएको भए माओवादी नेतृत्वमा जनवादी सत्ता कब्जा भइसकेको हुने दाबी गरेका छन्।

नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा नेकपाको ७५ औं स्थापना दिवसको अवसरमा बोल्दै डा. भट्टराईले माओवादी ०५२ सालमा जनयुद्ध शुरु गर्दाको परिस्थिति १० वर्षको बीचमा परिस्थिति बदलिएको, विश्व व्यवस्था बदलिएको कारण माओवादीहरु सम्झौतामा आएको बताए ।

डा. भट्टराईले शान्ति प्रक्रियामा आएपछि माओवादीहरुको बुझाईमा एकरुपता कायम नहुँदा उपलब्धिहरु गुम्न पुगेको बताए।

आजको समयमा समाजवादी शक्तिहरु एक ठाउँमा आउनुपर्ने बताउदै डा. भट्टराईले कमरेड विप्लवहरुले नयाँ शिराबाट पहल गर्नुपर्ने बताए।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार