नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महराले नेपालमा जनताको हातमा सत्ता नआइसकेको हुँदा त्यसका लागि थप संघर्ष गर्नुपर्ने बेला आएको बताएका छन्।

विप्लव नेतृत्वको नेकपाको आयोजनामा नेकपा स्थापनाको ७५ औं स्थापना दिवस तथा पार्टी एकता घोषणा सभालाई संबोधन गर्दै महराले सचेत रुपले जनताको हातमा सत्ता ल्याउन पहल गर्नु पर्ने बताए।

अब कम्युनिस्टहरुले पूरानो संकिर्णता त्यागेर कम्युनिस्ट शक्तिहरु एक ठाउँमा आउनुपर्ने नेता महराको भनाई छ।

अबको क्रान्तिकारी आन्दोलनलाई  नयाँ शिराबाट नेतृत्व विप्लव नेकपाले गर्ने बेला आएको नेता महराको भनाईमा छ ।

७५ औ नेकपा स्थापना दिवस तथा पार्टी एकता घोषणा सभा कार्यक्रमको अध्यक्षता नेकपा महासचिव कमरेड विप्लव सीले गर्नुभएको छ भने कार्यक्रम संचालन प्रवक्ता कमरेड प्रकाण्ड सीले गर्नुभएको छ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार