नेपाल कम्युनिस्ट पार्टीका महासचिव कमरेड विप्लव सीले नेपालका सबै पार्टीहरु असफल भएकोले अब आफ्नो पार्टीलाई देशको जिम्मा दिए पाँच वर्षमा देशलाई कायापलट गरिछाड्ने बताएका छन्।

महासचिव विप्लव सीले आफ्नो पार्टीले पाँच वर्षमा केही गर्न नसके बरु राजनीतिबाट बाहिरिने घोषणा समेत गरे।

नेकपा स्थापनाको ७५ औं स्थापना दिवस तथा पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्दै महासचिव विप्लव सीले अहिलेसम्म वास्तविक कम्युनिस्टहरु सत्तामा नआएको भन्दै अब आफ्नो पार्टीलाई देशको जिम्मा दिनु पर्ने जिकिर गरे।

वैज्ञानिक समाजवादको आलोकमा कम्युनिस्टहरु सत्तामा आए देशको कायापलट हुने बताउँदै विप्लवले तत्कालीन सोभियत सत्तालाई हेरे स्पष्ट हुने बताए।

आफुहरु देशको रक्षा गर्न फेरि पनि लड्न तयार रहेको बताउँदै महासचिव विप्लव सीले देशका दलालहरुलाई ठेगान नलगाईकन देशले समृद्धि नपाउने दाबी गरे।

एक अर्को प्रसङ्गमा बोल्दै महासचिव विप्लव सीले माओवादीहरु फेरि एकपटक उठ्नु पर्ने र देशका लागि लड्नु पर्ने बेला आएको बताए।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार