
नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य विषम सीले साम्राज्यवादीहरुले नेपालका कम्युनिस्टहरुलाई मिल्न नदिने ठूलो रणनीति अंगीकार गरेको बताएका छन्।
नेपाल कम्युनिस्ट पार्टीको उपत्यका व्युरोको समीक्षा बैठकलाई प्रशिक्षण दिदैं विषम सीले क्रान्तिकारी कम्युनिस्ट पार्टीलाई मिल्न नदिने षड्यन्त्र गरिरहेको बताउँदै साम्राज्यवादीहरुले संसदमा रहेका कम्युनिस्टहरुलाई समेत मिल्न नदिएको बताए।
नेकपा नेता विषम सीले हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीको काँधमा ठूलो जिम्मेवारी आएको बताए।

नेता विषम सीले अहिले सबै क्रान्तिकारी शक्तिहरुले विप्लव नेतृत्वको नेकपाप्रति ठूलो अपेक्षा गरेको बताए।
नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा हालै सम्पन्न भएको पार्टी स्थापना दिवस भव्य रुपले सम्पन्न भएको आफ्नो पार्टी समीक्षा रहेको बताउँदै विषम सीले अहिले जनताहरु आफ्नो पार्टीप्रति आशावादी हुँदै गएको बताए।
नेपाल कम्युनिस्ट पार्टीको उपत्यका व्युरोको समीक्षा बैठक नेकपा ब्युरो इन्चार्ज कृति सीको अध्यक्षतामा बसेको थियो।








