नेपाली समाज समग्र रुपले उत्पीडित वर्ग र जात जातिको आन्दोलनसँग जोडिएको आन्दोलन भएको नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले बताएका छन् ।

जातीय सवाल र समाजवाद बिषयक अन्र्तक्रिया कार्यक्रममा महासचिव विप्लवले अहिले पूर्वमा भईरहेको कोशी प्रदेश नाम खारेजी आन्दोलन अग्रगामी आन्दोलन भएको बताए । जेठ ३० गते इटहरीको दुर्गा पाटी प्यालेसमा आयोजना भएको अन्र्तक्रिया कार्यक्रममा उनले पुँजीवादी राज्यव्यवस्था रहेसम्म संसारमा कही पनि मान्छेको मुक्ति नहुने ठोकुवा गरेका छन् ।

कोशी प्रदेश नाम खारेजी आन्दोलनरत पक्षसँग गरिएको अन्र्तक्रियामा महासिचव विप्लवले बाहुन–क्षेत्री, आदिवासी, श्रमिक, मधेशीलाई मुक्तिको अनुभूति नभई आन्दोलन सफल हुन नसक्ने दाबी गरे । अङ्ग्रेजहरुले नेपालमा पनि जातीय राज्य सुरक्षित गर्न आफ्नो नीति अनुसार विभिन्न शब्द प्रयोग गरेर जातीय राज्य कायम गर्न खोजेको बताए । संसारमा आजसम्म सबै भन्दा अग्रगामी विचार कम्युनिस्ट नै भएको बताए । पुँजीवादी राज्यले जनयुद्धमा स्थापना गरेर सत्ता समाजवादी राज्य बनाउँछन भन्ने थाहा पाएर नै हस्तक्षेप गरेको पनि महासचिव विप्लवको भनाइ थियो । उनले पुँजीवादी व्यवस्था भएकोे ठाउँमा संघीयता हुन नदिने दाबी गरेका छन् । संघीयतालाई पूँजीवादीहरुले चलाए भने संघीयताको मुद्धा उठाउँदा दमन गर्ने पनि उनको भनाई थियो । आजसम्मको संसारको इतिहासमा श्रमिक जनताको कारणले काही पनि युद्ध नभएको र युद्धको कारण राज्य नै भएको बताए ।

नेपाल कम्युनिस्ट पार्टी कोशी ब्यूरोको आयोजनामा भएको अन्र्तक्रियामा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन मिराकले अहिलेसम्म देश राक्षसहरुको हातमा रहेको दाबी गरेका छन् । संघीयताभित्र प्रदेश, गैरभौगोलिक प्रदेश, स्वयत्त क्षेत्र बनाउँदा मात्र सबैलाई समेटन सकिने बताए । पहिचानको आधार मातृभाषा रहेको समेत बताए ।

कान्तिपुरले प्रत्यक्ष निर्वाचन जितेका नेताहरुलाई मात्र नेता भनिदिएको र समानुपातिक निर्वाचनबाट आएकालाई नेता नभनिदिएकाले त्यही लोभ, मोहमा परेर प्रचण्ड, उपेन्द्र यादव, अशोक राईहरुले सम्झौता गरेकाले कोशी प्रदेश हुन गएको लिङ्देनको टिप्पणी थियो । आबको लडाइँ १० बर्षको लडाइँभन्दा ज्यादै घातक हुने बताए । क्रान्तिकारीहरुको मोर्चाबन्दी गरेर अबको लडाइँ लडन आवश्यक रहेको लिङ्देनको भनाई थियो । उनले कोशी प्रदेश नाम खारेज गरेर पहिचानसहितको अघिकार स्थापित नगरीकन आन्दोलन नरोकिने बताएका छन् ।

अन्र्तक्रिया कार्यक्रममा नेकपा९एकीकृत समाजवादी०का नेता तथा प्रदेश एकका पूर्व मुख्यमन्त्री राजेन्द्र राईले आर्थिक र सामाजिक विभेद हटाउँदा मानिस समान हुने बताए । उनले पहिचानको सवाल पनि समाजवादको सवाल भएको बताए । पहिचान विरोधी प्रदेश नामकारणले जातीय सदभाव भड्किने, द्धन्द्ध हुने र देश नै टुक्रन जाने बताए । उनले एक नम्बर प्रदेशको कोशी नाम जातीय नामकारण भएको स्पष्ट पारेका छन् ।

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार