
नेपाल कम्युनिस्ट पार्टी निकट मगर मुक्ति मोर्चा नेपाल केन्द्रीय समितिको आयोजनामा सिन्धुलीको कमलामाई नगरपालिका वाम्वर ४ साँतपत्रेमा दुई विगाह जमिनमा धान रोपाई सम्पन्न भएको छ।

संगठनलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने उदेश्यले मोर्चाको केन्द्रिय योजना अनुरुप धान रोपाइ गरिएको हो।

सो रोपाई कार्यक्रममा मगर मुक्ति मोर्चा नेपालका केन्द्रीय अध्यक्ष सुदर्शन मंगोल सी, नेकपाका केन्द्रीय सदस्य तथा सिन्धुली इन्चार्ज सशी सी, अखिल (क्रान्तिकारी )का केन्द्रीय सचिवालय सदस्य रमेश सी, मोर्चाका कार्यालय सचिव हरि बहादुर थापा मगर, केन्द्रीय कोषाध्यक्ष आस्मती मगर, मोर्चाकै केन्द्रीय सदस्य सेवेन्द्र मगर सहित स्थानीयहरुको सहभागिता रहेको थियो।

मगर मुक्ति मोर्चाले सोही ठाउँमा करिब पाँच बिगाह जमिन भाडामा लिएर ठूलो स्केलमा उत्पादन गर्ने लक्ष्य लिएको मोर्चाका केन्द्रीय कार्यालय सचिव हरि बहादुर थापा (हीरा सी) ले जानकारी दिएका छन्।








