कपिलवस्तु। नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा आज कपिलवस्तुमा श्रमउत्सव मनाइदै छ।श्रम उत्सवमा सहभागी भएका नेताकार्यकर्ताहरुले समाजवादी अर्थप्रणालीको अभ्यासका लागि पार्टीको केन्द्रिय योजना अनुसार श्रम उत्सव थालनी गरेको प्रतिक्रिया दिएका छन।

नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य भेषराज सीले पार्टीलाई आत्मनिर्भर बनाउन र समाजवादी अभ्यासतिर देशलाई लैजान श्रमउत्सव मनाउन लागेको बताए।

धानका बीउ नेकालिरहेका नेता भेषराजले असार १५को धान दिवस र श्रमउत्सव निकै फरक भएको बताए।उनले भने धान दिवस भनेको केवल धान रोप्ने काममा मात्र सिमित छ, श्रमउत्सव भनेको धान रोप्ने काम सङ्ग मात्र सिमित छैन।यो श्रमलाई घृणा गर्ने, विदेशी उत्पादनको आयातमा जोड दिने , सामन्ती उत्पादन प्रणालीको संरक्षण गर्ने प्रवृतिका विरुद्ध छ।भुमण्डलीकृत पुजीवादले स्वदेशी उत्पादनलाई निरुत्साहित गर्ने , श्रमशक्ती बिदेश पठाउने, देशलाई कामदार उत्पादन गर्ने थलो बनाउने जस्ता प्रवृतिविरुद्ध देशलाई नयाँ सन्देश दिएको छ।

उनले भने-” समाजवादी अर्थप्रणालीको बिकास गर्न र बिदेश उत्पादनसङ्ग स्वदेशी उत्पादनले प्रतिस्पर्धा गर्दै आत्मनिर्भर हुन श्रमउत्सव अनिवार्य छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार