
सत्तारुढ नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) तथा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मिलेर घोषित समाजवादी मोर्चाको बैठक शनिबार बस्ने भएको छ।
नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, आलोकनगरमा अपराह्न ४ बजे बस्नेगरी पहिलो बैठक तय भएको हो ।
बैठकमा समसामयिक राजनीतिक अवस्थाका साथै मोर्चाको आगामी साझा कार्यक्रमका विषयमा छलफल हुने बताइएको छ । मोर्चामा माओवादी केन्द्रसहित एकीकृत समाजवादी, जसपा र नेकपा रहेका छन् ।
उक्त मोर्चा यही असार ५ गते काठमाडौंस्थित राष्ट्रियसभा गृहबाट घोषणा गरिएको थियो। डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) पनि मोर्चामा समेटिने भनिएकामा अन्तिम समयमा चार पार्टीको मात्र मोर्चा घोषणा गरिएको हो।







