
समाजवादी मोर्चाले पार्टी सञ्चालनकै अभ्यास गर्नेगरी थप नयाँ संरचना तय गरेको छ।
सत्तारुढ नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टीले समाजवादी यात्रा तय गर्न असार ४ गते मोर्चा घोषणा गरेका थिए।
त्यही मोर्चाले नयाँ पार्टीेकै संरचना बनाएर संगठन विस्तार थालेको हो।
नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले दिएको जानकारी अनुसार केन्द्र, प्रदेश र जिल्ला संरचना बनाएर मोर्चाले आगामी कार्यक्रम तय गरेको छ।
‘समाजवादी मोर्चा नयाँ पोलिटिकल कोर्स हो,’ प्रकाण्डले भने, ‘यसले संसदीय व्यवस्था र अहिलेको विभिन्न सिस्टमले ल्याएको समस्याबाट माथि उठेर देशलाई नयाँ गन्तव्यमा लैजाने योजना ल्याउँछ।’
केन्द्रमा चार दलबाट ४–४ नेता रहने गरी १६ सदस्यीय केन्द्रीय समिति बनाइएको छ। समितिमा चारै दलका अध्यक्ष शीर्ष नेता र महासचिव रहने छन्।
यस्तै प्रदेश समितिमा चार दलबाट अध्यक्ष, महासचिव समेट्ने गरी तीन–तीन जना नेता रहेको १२ सदस्यीय समिति बनाइएको छ। जिल्ला संरचनाका लागि चारै दलबाट अध्यक्ष र सचिव २–२ जना नेता रहने गरी ८ सदस्यीय समिति बनाइएको विश्वकर्माले बताए।
मोर्चाले केन्द्र, प्रदेश र जिल्ला तहसम्मै चार–चार महिनामा नेतृत्व परिवर्तनको मोडालिटी बनाएको छ।
‘केन्द्रमा सुरुको चार महिना माधव नेपालजीले नेतृत्व गर्नुहुन्छ, उहाँकै नेतृत्वमा दुई पटक मोर्चाको बैठक बसिसकेको छ,’ माओवादी केन्द्रका महासचिव देव गुरुङले भने, ‘उहाँ कात्तिकसम्म संयोजक रहन सक्नुहुन्छ।’
शनिबार बसेको मोर्चाको बैठकले आचार संहिता, नीति तथा कार्यक्रम पारित गरेको छ।
समाजवादी मोर्चामा नेकपा एमाले, डा। बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, नारायणमान विजुक्छेको नेपाल मजदूर किसान पार्टी, मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसाल लगायतका समाजवादी विचार, कार्यदिशा बोक्ने दललाई समेट्ने गरी छलफल गर्ने तयारी छ।
त्यसबाहेक मोर्चाले आवश्यकता अनुसार नयाँ कार्यक्रम तय गर्न सक्नेछ। मोर्चामा आवद्ध दलमध्ये माओवादी, जसपा र एकीकृत समाजवादी सरकारमा छन्। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी संसदीय राजनीतिमा छैन।
चारै दल फरक राजनीतिक पृष्ठभूमिका छन्। जनयुद्धमार्फत् संसदीय राजनीतिमा छिरेको माओवादी, एमालेसँग विभाजन भएर बनेको एकीकृत समाजवादी र तराई÷मधेसमा राजनीति गरेर भर्खरै पहाड चढिरहेको जसपाबीच विचार र सिद्धान्तमा फरक छ।
संसदवादको विरोध गरिरहेको नेपाल कम्युनिष्ट पार्टीले मोर्चाबाट के लाभ लिन खोजिरहेको छरु कतिपयले कमजोर बन्दै गएपछि एकै ठाउँ उभिने प्रयास भनेर अथ्र्याएका छन्।







