माओवादी केन्द्रका युवा नेता लेखनाथ न्यौपानेले माओवादीले संसदीय व्यवस्थाबाट समाजवाद ल्याउन नसक्ने बताएका छन्।  न्यौपानेले पुँजीवादी व्यवस्थाअन्तर्गत चुनाव र संसदीय व्यवस्थामा भएकाले वर्गीय असमानता, विविध विभेदहरूको अन्त्य गर्न नसक्ने दाबी गरे । यस व्यवस्थामा इमानदार हुँदा सामान्य सुधार गर्ने माग ठाउँमात्र प्राप्त हुने उनको बुझाइ थियो ।

शान्तिपूर्ण प्रतिस्पर्धाको माध्यमबाट समाजवाद ल्याउने लाइन बदनाम राजनीतिक लाइन भएको न्यौपानेले प्रस्ट पारे । यही व्यवस्थामा माओवादी आन्दोलन विघटनबाहेक अन्य कुनै विकल्प नभएको उनले दाबी गरे । संसदीय व्यवस्थामा प्रतिस्पर्धा गर्ने भए कांग्रेस र एमाले नै रहेको भन्दै उनले विकल्पमा माओवादी आवश्यक नभएको जिकिर गरे ।

उनले वर्तमान सरकारले गरेका कामले सामान्य आशा जगाए पनि कसको चाहना र इच्छामा भइरहेको छ भन्ने गम्भीर प्रश्न उठाए । उनले भने, ‘सरकारले गरेको कामले सामान्य आशा जगाएको छ तर हाम्रै बल, पहल वा इच्छामा यो काम गरिरहेका छौँ ? अनुसन्धान कसले, कुन विचार, समूहले वा कसको लगानीमा उत्पादित जनशक्तिले गरिरहेका छन् ? डरलाग्दो चित्रको प्रतिकुल एक रौं मात्र अगाडि बढ्यौं भने तुरुन्त गिरफ्तारी वा कसले  मा¥यो भन्ने पत्तै नपाइ मारिने ठाउँमा छौँ ।’

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार