
नेपाल कम्युनिष्ट पार्टीले अमेरिकी परियोजना एमसीसी कार्यान्वयन हुन नदिने घोषणा गरेको छ।
एमसीसी कार्यान्वयन गर्ने दिन नजिकिँदै जाँदा नेकपाले त्यसलाई अवरोध गर्न आन्दोलनको घोषणा गरेको हो।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले जारी गरेको प्रेस विज्ञेप्तीमा एमसीसी परियोजनालाई कुनैं हालतमा पनि कार्यान्वयन गर्न नदिने घोषणा गरेको हो ।
एमसीसी परियोजना नेपालमा बसेर चीन घेर्ने अमेरिकी रणनीति भएको उल्लेख गर्दै नेकपाले एमसीसी कार्यानवयन हुन दिए नेपाल अमेरिकी सैन्य अखाडा हुनुका साथै ‘युक्रेन’ बन्ने चेतावनी दिएको छ।
संसदले १२ बुँदे व्याख्यात्मक टिप्पणी गरेको स्मरण गर्दै नेकपाले एमसीसी कार्यान्वयन हुन कम्तिमा ती १२ बुँदा सच्याउनुपर्ने स्पष्ट देखिएको बताएको छ।
एमसीसी रोक्न सो दलले अन्तरक्रियादेखि जनप्रदर्शनसम्मका कार्यक्रम तय गरेको छ।
महासचिव विप्लवद्वारा जारी विज्ञप्तिमा घोषित कार्यक्रम अनुसार एमसीसीको पुत्ला दहन, एमसीए प्रमुखको पुत्ला दहन, देशब्यापी जनपदर्शन, अन्तरक्रिया कार्यक्रम लगायत तय गरिएको छ।
नेकपाले विज्ञेप्तीमा जनाए अनुसारभदौ ६गते देशव्यापी वालिङ,७गते एमसीसीको पुत्ला दहन, ८गते एमसीएको प्रमुख खडकबहादुर विष्टको पुत्ला दहन,९ गते गाउँगाउँमा जागरण प्रचार, १०गते देशव्यापी जनप्रदर्शन, ११ गते काठमाण्डौमा एमसीसीबारे अन्तरक्रिया र १२गते नुवाकोट, तनहुमा एमसीसीबारे अन्तरक्रिया कार्यक्रम गरिने भएको छ।








