
नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले आगामी १३ गते दिउँसै राँको बालेर एमसीसी विरुद्ध सडकमा आउन सबैलाई आह्वान गरेका छन् ।
।
नेपाल कम्ययुनिष्ट पार्टीले काठमाडौँमा आयोजना गरेको एमसीसी परियोजना कार्यान्वयन विरुद्धको बृहत अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै महासचिव विप्लवले यस्तो आह्वान गरेका हुन् ।
उनले एमसीसी परियोजना नेपालका लागि सैन्य मोर्चा भएकाले त्यस विरुद्ध नेपाललाई माया गर्नेहरुको सड्कबाट नयाँ मोर्चा बनाउनु पर्ने पनि बताए ।

उनले एमसीसी भनेको आर्थिक सहयोग, उद्धार र विकासको प्रोजेक्ट नभई यो अमेरिकी साम्राज्यवादको नेपाल विरुद्धको सैन्य मोर्चा भएको ठोकुवा गरे ।
उनले नेपालमा अमेरिका ५५ करोड दिन नभएर नेपालको सबै चिज लुट्न आउन खोजेको दाबी गर्दै भने, “भूमण्डलीकृत साम्राज्यवादी नीति अनुसार नेपाललाई कब्जा गर्न एमसीसी आएको छ । यो सम्झौता विरुद्ध नेपाली सेना उठनु पर्छ । देशभक्त, क्रान्तिकारीहरु उठ्नुपर्छ । विदेशीको अनुदानको लोभमा सेनाले बन्दुक चलाउनु हुँदैन ।”
महासचिव विप्लवले एमसीसी कार्यान्वयन गर्ने नाटक नगर्न एमसीसीका मतियारलाई चुनौती दिदै उनेले भने, “यो कुनै पनि हालतमा कार्यान्वयन गर्न दिने छैनौ । एमसीसी भनेको नेपालको दलाल संसदहरुले पारीत गरेपनि नेपाली जनताले भने पारित गरेका छैनन् ।”
महासचिव विप्लवले नेपाल गौतमवुद्धको शातिपूर्ण देशमात्र नभएको भन्दै यो देश साम्राज्यवादी डाँकाहरुलाई तरवारले काट्ने देशको इतिहास भएको पनि बताए ।
उनले नेपालमा कुनै पनि हालतमा १३ गते एमसीसी कार्यान्वयन गर्ने सरकारको योजना असफल पार्ने योजनाका लागि सबै सड्कमा आउन अपिल गरे ।
विप्लवले एमसीसी भनेको नेपाली जनताको शत्रु भएकाले नेपालमा यस विरुद्ध प्रतिवाद हुने चेतावनी दिदै एमसीसी परियोजना नेपालबाट फिर्ता गर्न अमेरिकालाई आग्रह गरे ।
उनले भने, “सहयोग गर्ने भए अमेरिकालाई पुन सम्झौता गर्न तयार होउ । तर नेपालको हितमा फेरी गरिहोस् । मुस्ताड रसुवादेखि पाल्पासम्म व्यारेक राख्न अमेरिकाले खोजेको छ । यो कुनै पनि हालतमा त्यो हुन सक्दैन । यो सम्झौता कार्यन्वयन गर्न सकिदैन ”







