
नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले एमसीसी खारेज नभए ०५२ साल दोहोरिन सक्ने चेतावनी दिएका छन ।
नेपाल कम्युनिस्ट पार्टी ,क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल , नेपाल कम्युनिस्ट पार्टी र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालले एमसीसी खारेजको माग गर्दै काठमाडौँमा आयोजना गरेको बिरोध प्रदर्शनलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
महासचिव विप्लव सीले एमसीसी नेपाली जनताले अनुमोदन नगरेको बताउदै एमसीसी नेपालको बिकासको लागि नभई बिनासको लागि भित्रिएको ठोकुवा गरे ।







