
सिरियाली विदेशमन्त्री फैसल मेकदाद र उनका इरानी समकक्षी हुसेन अमीर अब्दुल्लाहियानले सिरिया र इराकको सीमानामा सैन्य बल निर्माण नगर्न अमेरिकालाई चेतावनी दिएका छन् ।
बुधवार बसेको संयुक्त बैठकले आफूहरुको सीमाना क्षेत्रमा सैन्य बल निर्माण नगर्न अमेरिकालाई चेतावनी दिएका हुन् ।
सिरियाको राजधानी दमिश्कमा आयोजित एक सम्मेलनमा दुवै देशका मन्त्रीहरुले उत्तरपूर्वी सिरयाली प्रान्त हसाकाबाट अमेरिकाको नजिक दक्षिणपूर्वी क्षेत्रसम्म सिरिया–इराक सीमामा सैन्य बल र संवद्ध बिद्रोही समूहहरु अमेरिकाले जम्मा गरेकोप्रति चिन्ता व्यक्त गरेका छन् ।







