वरिष्ठ अधिवक्ता तथा नेपाल वार एशोसियसनका पूर्व महासचिव रमण श्रेष्ठले नेपालको संविधान मरिसकेको बताउदैं अब दुई वर्षभित्र आर्यघाट पुग्ने घोषणा गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी निकट प्रगतिशील कानुन व्यवसायी एशोसियसनको दोस्रो राष्टिय सम्मेलनलाई संवोधन गर्दै श्रेष्ठले नेपालको संविधानले काम गर्न नसकेको र यही संविाधनलाई कांग्रेस, एमाले र माओवादी केन्द्र सबैले उल्लंघन गरेको बताए ।

पूर्व महान्यायधिवक्ता समेत बनेका श्रेष्ठले नेपालको सर्वोच्च अदालतदेखि राजनीतिक दल सबैंमा विकृति देखिएको र सबैंले संविधान उल्लंघन गरेकोले यो संविधान मरेको बताए ।

नेपाल कम्युनिस्ट पार्टीले लिएको जायज आन्दोलनप्रति आफ्नो पूर्ण समर्थन रहेको बताउँदैं श्रेष्ठले आजको बदलिएको परिस्थितिलाई सो पार्टीले सही ढंगले संवोधन गरेर अगाडि बढ्न सुझाव दिए ।

प्रगतिशील कानुन व्यवसायी एशोसियसनका अध्यक्ष एकराज भण्डारीको अध्यक्षतामा शुरु भएको सम्मेलनलाई विभिन्न राजनीतिक दलआवद्ध कानुन व्यवसायीहरुले संवोधन गरेका थिए ।

 

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार