नेपाल कम्युनिस्ट पार्टीनिकट मगर मुक्ति मोर्चा, नेपालका केन्द्रीय सदस्य परशुनारायण बुढामगरको बुबा आसपति बुढामगरको ७० वर्षको उमेरमा भएको असायमिक निधनमा संगठनले एक शोक विज्ञेप्ती जारी गरेको छ ।

मोर्चाका केन्द्रीय अध्यक्ष सुदर्शन मंगोलद्धारा जारी शोक विज्ञेप्तीमा रोल्पा मिरुल निवासी मोर्चाका केन्द्रीय सदस्य परशु बुढामरका बुबा दम र फोक्सोको उपचार गराइरहेको अवस्थामा निधन भएको थियो ।

मोर्चाले मोर्चाका केन्द्रीय सदस्य परशुमगरको परिवारजनप्रति गहिरो समवेदना समेत एक विज्ञेप्तीमार्फत् व्यक्त गरेको छ ।

यस्तो छ विज्ञेप्तीको पूरा पाठ :

हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टीनिकट मगर मुक्ति मोर्चा, नेपालका केन्द्रीय सदस्य परशुनारायण बुढामगरको बुबा आशपति बुढामगरको यही असोज १० गते ७० वर्षको उमेरमा भएको असायमिक निधनको खबरले हाम्रो संगठनलाई मर्माहित बनाएको छ ।
रोल्पा थबाङ गाउँपालिका–३ मिरुलमा आजभन्दा ७० वर्षअघि जन्मनु भएका बुबा आशपति मगर लामो समय फोक्सो र दमका कारण उपचार गराइरहनु भएको थियो । ६ छोरा र २ छोरीका अभिभावक रहेका बुबा आशपतिको उपचारका क्रममा निधन भएको थियो । यस दुखद घडीमा बुबा आशपति बुढाप्रति हाम्रो संगठन हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै सिंगो परिवारप्रति गहिरो समवेदना प्रकट गर्न चाहन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार